कोरोना महामारीलाई दुई वर्षमा नियन्त्रणमा लिन सकिने : विश्व स्वास्थ्य संगठन – Kanika Khabar
Thursday, June 19Nepali News Portal

कोरोना महामारीलाई दुई वर्षमा नियन्त्रणमा लिन सकिने : विश्व स्वास्थ्य संगठन

    मा प्रकाशित

कनिका खबर
भदौ ६, दाङ ।
विश्व स्वास्थ्य संगठनले कोरोना महामारी दुई वर्षभन्दा कम समयमै नियन्त्रण आउन सक्ने बताएको छ । संगठनका प्रमुख डा टेड्रोस एड्हनोम घेब्रियेससले सन् १९१८ मा फैलिएको स्पेनिश फ्लूको तुलनामा कोरोना महामारीलाई चाँडै नियन्त्रणमा ल्याउन सकिने बताए । उनले कोरोना महामारीले पुरै विश्वलाई आफ्नो चपेटामा लिइसकेको भए पनि दुई वर्षमा यसलाई नियन्त्रण गर्न सकिने बताए ।

स्पेनिस फ्लूका कारण १९१८ फरवरीदेखि १९२० अप्रिलसम्मको अवधिमा विश्वभर झन्डै २ करोड मानिसहरुको मृत्यु भएको भन्दै डा टेड्रोसले स्पेनिस फ्लूको भन्दा कोरोना सङ्क्रमितको मृत्यु हुने दर कम रहेकाले र निको हुने पनि बढ्दै गएकाले यसलाई नियन्त्रण गर्न सकिने विश्वास व्यक्त गरे ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्