युरोपा लिग फुटबलको उपाधि स्पेनिस क्लब सेभियालाई – Kanika Khabar
Friday, April 19Nepali News Portal

युरोपा लिग फुटबलको उपाधि स्पेनिस क्लब सेभियालाई

    मा प्रकाशित

कनिका खबर
भदौ ६, दाङ ।
युरोपा लिग फुटबलको उपाधि स्पेनिस क्लब सेभियाले जितेको छ ।जर्मनीमा गयराति भएको फाइनलमा इटालियन क्लब इन्टर मिलानलाई ३–२ गोल अन्तरले पराजित गर्दै सेभियाले उपाधि जितेको हो । सेभियालाई जित दिलाउन लुक डी योङले दुई गोल गरे । यस्तै डिएगो कार्लोसले थप एक गोल गर्नुभएको थियो ।

इन्टरका रोमेरो लुकाकु र डिएगो गोडीनले एक एक गोल फर्काउनुभयो ।कोलोग्ने स्टेडियममा सुरुवाती एक गोलको अग्रता उल्टाएर सेभिया च्याम्पियन बनेको हो । यससँगै सेभियाले छैटौं पटक युरोपा लिगको उपाधि जित्न सफल भएको छ । सेभिया ६ पटक युरोपा लिग जित्ने एक्लो टिम हो ।पछिल्लो पटक सेभियाले २०१६ मा युरोपा लिग जितेको थियो ।

इन्टर भने चौथो पटक युरोपा लिग जित्न असफल भएको छ । इन्टरले पछिल्लो पटक १९९८ मा युरोपा लिग जितेको थियो ।तर, पछिल्लो ९ वर्ष यता इन्टरले कुनैपनि उपाधि जित्न सकेको छैन ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्