काठमाडौंमा निषेधाज्ञाः पूर्ण कार्यान्वयनमा आएको सरकारको दाबी – Kanika Khabar
Saturday, June 14Nepali News Portal

काठमाडौंमा निषेधाज्ञाः पूर्ण कार्यान्वयनमा आएको सरकारको दाबी

    मा प्रकाशित

कनिका खबर
भदौं ६, काठमाडौं
काठमाण्डौ उपत्यकामा बिहीबारदेखि जारी गरिएको निषेधाज्ञा पुर्ण कार्यान्वनमा आइरहेको स्थानीय प्रशासनले दावी गरेका छन् । काठमाण्डौ उपत्यकामा कोरोना सङ्क्रमित बढ्न थालेपछि काठमाण्डौ, ललितपुर र भक्तपुर गरी तीनवटै जिल्लाका प्रशासनल जारी गरेकोे निषेधाज्ञा नागरिकले पालना गरेको उनिहरुको दाबी छ । आज काठमाण्डौका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा गरेको अनुगमन टोलीले निषेधाज्ञा सबै ठाउँमा पालना भएको जनाएको छ । बिहान नागढुंगा पुगेर स्थलगत अनुगमन गरेर फर्किनुभएका काठमाण्डौका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले सीआइएनसँग भन्नुभयो । यसैविच काठमाडौं महानगरपालिकाले शहरका बिभिन्न स्थानमा निःसङ्क्रमण गर्ने काम जारी राखेको छ । आज बिहानै पनि ट्यांकरबाट औषधि छर्किएर निःसङ्क्रमण गरिएको छ । सडक, सडक किनारका संरचना र बोटबिरुवामा समेत औषधि छर्किइएको छ । आज बिहान न्यूरोड, रत्नपार्क, बागबजार, पुतलीसडक, शंकरदेव, प्रदर्शनीमार्ग, सिंहदरबार पश्चिम गेट, थापाथली, परोपकार प्रसूति गृहलगायतका स्थानमा निःसङ्क्रमण गरिएको महानगरपालिकाले जनाएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्