मुगुमा ६ हजार क्विन्टल खाद्यान्न माग – Kanika Khabar
Tuesday, July 14Nepali News Portal

मुगुमा ६ हजार क्विन्टल खाद्यान्न माग

    मा प्रकाशित

कनिका खबर
भदौं ६, मुगु
हिमाली जिल्ला मुगुमा ६ हजार क्विन्टल खाद्यान्न माग गरिएको छ । मुगु जिल्लामा रहेका खाद्यान्न तथा ब्यापार कम्पनि शाखाको गोदाम र जिल्लामा रहेको खाद्यान्न डिपोहरुमा खाद्यान्न मौज्दात नभए पछि तत्कालको लागी जिल्लाको लागी ६ हजार क्विन्टल खाद्यान्न माग गरेको हो । गएको शुक्रबार बसेको जिल्ला खाद्य सुरक्षा समितिको बैठकले हवामार्ग अथात सडकमार्ग बाट भएपनि छायानाथरारा नगरपालिकामा २ हजार क्विन्टल ,सोरुमा १५ सय, खत्याडमा १५ सय र मुगुमकार्मारोङ गाउपालिकामा १ हजार क्विन्टल खाद्यान्न तत्काल उपलब्ध गराउन माग गरेको प्रमुख जिल्ला अधिकारी कृष्णकुमार निरौलाले बताउनु भयो ।

वर्षाका कारण कर्णाली राजमार्ग धेरै ठाउमा अवरुद्ध भएकाले हवाइ मार्ग बाट खाद्यान्न ढुवानी गर्नुको विकल्प बाहेक अन्य कुनै बिकल्प नरहेको छिटो भन्दा छिटो खाद्यान्न ढुवानिको ब्यावस्था गरिदिनको लागी सरोकार वाला निकाय प्रदेश सरकार सबै ठाउमा जानकारी गरि सकेको प्रजिअ निरैलाले जानकारी दिनु भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा मुगुका अनुसार गत आर्थिक वर्षमा ढुवानी गरेको सबै चामल बिक्री गरि सकिएको छ भने यो आवको खाद्यान्न ढुवानी गर्ने प्रक्रियाअनुसार ठेक्काको प्रक्रियामा गएको छ । गमगढी बजारमा रहेको कम्पनिको शाखा कार्यालयमा रहेको गोदाममा ५ सय क्विन्टर चालु आर्थिक वर्षको खाद्यान्न मौज्दात रहेको छ ।

उक्त खाद्यान्न दैबिक प्रकोप ,आपत बिपत परेपछि मात्र बितरण गर्ने गरि गएको साउन महिनाको २८ गते बाट सर्बसाधारण हरुको लागी खाद्यान्न बितरणमा एक सार्वजनिक सुचना गरि बन्द गरिएका कम्पनीका प्रबन्धक कर्णबहादुर रावलले बताउनु भयो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्