काभ्रेमा एकै दिन ३५ जनामा कोरोना देखियो – Kanika Khabar
Friday, April 19Nepali News Portal

काभ्रेमा एकै दिन ३५ जनामा कोरोना देखियो

    मा प्रकाशित

कनिका खबर
भदौं ७, काभ्रे
काभ्रे जिल्लामा हिजो एकै दिन ३५ जनामा कोराना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय काभ्रेका वरिष्ठ स्वास्थ्य अधिकृत डा. नरेन्द्र कुमार झाका अनुसार जिल्ला सदरमुकाम धुलिखेलमा रहेको धुलिखेल अस्पतालमा कार्यरत १२ जना स्वास्थ्यकर्मी र बनेपा नगरपालिका वडा नम्वर १३ मा रहेको स्पाईनल इन्जुरी अस्पतालका २३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यसअघि स्पाईनल इन्जुरी अस्पतालमा कार्यरत एकजना डाक्टर र एकजना कर्मचारीमा पनि सङ्क्रमण पुष्टी भएको थियो । अस्पतालका ५९ जनाको पिसिआर परीक्षण गरिएकोमा २३ जनाको रिपोर्टमा कोरोना देखिएको डा. झाले जानकारी दिनुभयो । उहाँका अनुसार स्पाईनल इन्जुरी अस्पतालका स्वास्थ्यकर्मी, कर्मचारी र बिरामी समेत गरी २३ जना रहेका छन् । त्यस्तै धुलिखेलका १२ जना स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण पुष्टी भएको छ । यसअघि पनि धुलिखेल अस्पतालका १४ जना स्वास्थ्यकर्मीमा सङ्क्रमण देखिएको थियो । काभ्रे जिल्लामा कोरोना भाईरसबाट सङक्रमित हुनेको संख्या १ सय ३९ पुगेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्