दैनिक एक हजार स्वाब परीक्षण हुनेगरी धुलिखेलमा प्रयोगशाला स्थापना – Kanika Khabar
Friday, April 19Nepali News Portal

दैनिक एक हजार स्वाब परीक्षण हुनेगरी धुलिखेलमा प्रयोगशाला स्थापना

    मा प्रकाशित

कनिका खबर
भदौं ७, काभ्रे
काभ्रे जिल्लाको धुलिखेलमा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला स्थापना गरिएको छ । बागमती प्रदेश सरकारले धुलिखेल नगरपालिकामा स्थापना गरेको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाले दैनिक एक हजार स्वाब परीक्षण गर्ने सामाजिक विकास मन्त्री युवराज दुलालले जानकारी दिनुभयो । उहाँका अनुसार बागमती प्रदेशका १३ जिल्लाका नागरिकहरुका लागि २४ सै घण्टा सेवा उपलब्ध गराउने गरी प्रादेशिक जनस्वास्थ्य ल्याब स्थापना गरिएको हो ।

पहिलो चरणमा काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली र भक्तपुर जिल्लाका नागरिकहरुको कोरोना सम्बन्धी परीक्षण गरिने छ भने भक्तपुर र सिन्धुलीमा कोरोना परीक्षणका लागि प्रदेश सरकारले अर्काे प्रयोगशाला स्थापना गरेपछि तीन जिल्लाको मात्रै परीक्षण हुनेछ । धुलिखेल नगरपालिकाले प्रयोगशाला व्यवस्थापनका लागि चार वर्षका लागि भवन उपलब्ध गराएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्