भन्सारको राजश्व सङ्कलनमा कमी, मासिक लक्ष्यको ३५ प्रतिशत मात्र असुली – Kanika Khabar
Saturday, April 20Nepali News Portal

भन्सारको राजश्व सङ्कलनमा कमी, मासिक लक्ष्यको ३५ प्रतिशत मात्र असुली

    मा प्रकाशित

कनिका खबर
भदौं ७, नुवाकोट
रसुवागढीस्थित भन्सार कार्यालयले लक्ष्यको तुलनामा गत साउनको भन्दा कम राजश्व सङ्कलन गरेको छ । टिमुरेस्थित रसुवा भन्सार कार्यालयले चालु आर्थिक वर्षको साउन महिनामा लक्ष्यभन्दा निकै कम राजश्व सङ्कलन भएको जनाएको छ । चालु आर्थिक वर्ष २०७७÷०७८ को साउन महिनामा कार्यालयले २३ करोड ५६ लाख ९८ हजार मात्र राजश्व सङ्कलन गरेको छ । कार्यालयले साउन महिनामा ६८ करोड १० लाख ६५ हजार रुपैयाँ राजश्व सङ्कलन गर्ने लक्ष्य राखेकोमा लक्ष्यको तुलनामा ३४ दशमलव ६१ प्रतिशत मात्र असुली गरेको हो । रसुवागढी नाकाबाट एक महिना अघिदेखि आयात सुरु भएपनि विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसका कारण राजश्व सङ्कलनमा कमी आएको कार्यालयका भन्सार अधिकृत पुण्यविक्रम खड्काले बताउनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्