बालबालिकाका लागि मास्क लगाउने सम्बन्धी नयाँ नियम लागू – Kanika Khabar
Friday, May 23Nepali News Portal

बालबालिकाका लागि मास्क लगाउने सम्बन्धी नयाँ नियम लागू

    मा प्रकाशित

कनिका खबर
भदौं ७, दाङ
विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस महामारीबाट जोगिन बालबालिकाका लागि मास्क लगाउने सम्बन्धी नयाँ नियम लागू गरेको छ । संगठनले १२ वर्षभन्दा बढी उमेर भएका बालबालिका लागि मास्क लगाउने नियमलाई अनिवार्य गरिदिएको छ ।

संगठनले जुन मुलुकमा बयस्कका लागि मास्क लगाउने नियम लागू गरिएको छ त्यही नियम १२ वर्षभन्दा बढी उमेरका बच्चाका लागि पनि लागू हुने छ । बालबालिकाले कोरोना संक्रमण कुन गतिमा फैलाउन सक्छ भन्ने यकिन हुन नसकेकाले उनीहरुका लागि यो नियम लागू गरिएको संगठनले जनाएको छ ।

संगठनले ५ वर्ष र त्योभन्दा कम उमेरका बालबालिकाकालाई मास्क नलगाउन पनि भनेको छ । यस्तै ६ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई मास्क लगाउँदा परिवारका सदस्यले लगाइदिने र फुकाल्नमा मद्दत गर्न पनि संगठनले सुझाव दिएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्