१३ औं दक्षिण एसियाली खेलकुदमा सामान खरिदमा भएको अनियमितताबारे छानबिन सुरु – Kanika Khabar
Monday, April 21Nepali News Portal

१३ औं दक्षिण एसियाली खेलकुदमा सामान खरिदमा भएको अनियमितताबारे छानबिन सुरु

    मा प्रकाशित

कनिका खबर
भदौं ७, दाङ
१३ औं दक्षिण एसियाली खेलकुद (साग) को ब्याडमिन्टन खेलका सामाग्री खरिद तथा वितरणमा देखिएको अनियमितताबारे छानबिन गर्न गठित उप समितिले काम सुरु गरेको छ । सागको सामान खरिद तथा राष्ट्रिय खेलकुद परिषद परिसरको रुख कटानका सम्बन्धमा युवा तथा खेलकुद मन्त्रालयको निर्देशन राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले गठन गरेको ५ सदस्यीय उपसमितिले काम सुरु गरेको हो ।

गोविन्दप्रसाद भट्टराईको संयोजकत्वमा गठित उपसमितिको शुक्रवार बसेको पहिलो बैठकले छानबिन कार्यलाई विभिन्न चरणमा बाँडेर अघि बढ्ने र सदस्यहरुको जिम्मेवारी बाँडफाट गर्ने निर्णय गरेको छ । उपसमितिका सदस्यले सामान खरिद तथा वितरणको आर्थिक पक्ष, कानुनी पक्ष, सामानको गुणस्तर र दाखिल सम्बन्धि प्रक्रियाको अनुसन्धान गर्ने संयोजक भट्टराईले बताउनुभयो ।

उपसमितिले सरोकारवालाले छानबिनका सम्बन्धमा कुनै गुनासो, सुझाव, निवेदन लगायतका प्रमाण कागजात पेश गर्न चाहेमा ७ दिनको समय उपलब्ध गराउने निर्णय गरेको छ ।

सरोकारवाला पक्षले भदौ १२ गतेभित्र आफ्नो गुनासो, सुझाव, निवेदन लगायतका प्रमाण कागजात उपसमिति समक्ष पेश गर्न सक्नेछन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्