चट्याङ लागेर चार जना घाइते – Kanika Khabar
Wednesday, May 25Nepali News Portal

चट्याङ लागेर चार जना घाइते

    मा प्रकाशित

कनिका खबर
भदौ ७, अछाम ।
कमलबजार नगरपालिका वडा नम्बर एक मुलिमा चट्याङ लागेर चार जना घाइते भएका छन् । घाइते हुनेमा ३५ वर्षका पुर्ण भण्डारी, ३३ वर्षका उनकी श्रीमती मोतिकला भण्डारी, स्थानीय १८ वर्षका तुलसा बज्गाई र १५ वर्षका डिक्रा बज्गाई रहेका छन् । घाइतेलाई एम्बुलेन्स मार्फत लगेर कमलबजार प्रथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । साथै चट्याङ लागेर पुर्ण भण्डारीका दुइ भैसी र जक्तीराम बज्गाइका दुईवटा बाख्रा पनि मरेका छन् । चट्याङले पुर्ण भण्डारीको घरमा समेत सामान्य क्षती भएको इलाका प्रहरी कार्ययालय कमलबजारका इन्चार्ज प्रहरी निरीक्षिक लोकेन्द्रसिहं गुरुले जानकारी दिए । घटनाको बारेमा बुझ्न कमलबजार नगरपालिकाको टोली घटनास्थल पुगेर क्षतिको बारेमा जानकारी लिएको छ । अबिरल बर्षासँगै आएको चट्याङले गर्दा धारीगाड लघु जलबिद्युत समेत अबरुद्द भएको खबर छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्