कनिका खबर
भदौ ७, जाजरकोट ।
जाजरकोट बारेकोटका पहिरो पीडितलाई विश्व खाद्य कार्यक्रमले खाद्यान्न सहयोग गरेको छ । गत असार २५ गते गएको पहिरोबाट विस्थापित परिवारलार्ई विश्व खाद्य कार्यक्रमको सहयोग, पाँचतारा यूवा संरक्षक मञ्चको समन्वयमा र बारेकोट गाउँपालिकाको सहकार्यमा राहत स्व?प खाद्यान्न वितरण गरिएको गाउँपालिकाले जनाएको हो ।
पहिरोवाट विस्थापित सात सय ७४ जनालाई खाद्यान्न सहयोग गरिएको छ । जस अन्तरगत प्रत्येक घरधुरीलाई ३० केजी चामल, नौ किलो दाल, दुइ लिटर तेल, एक किलो नुन, सुत्केरी तथा बालबालिकालाई ६ किलो पोषणयुक्त पिठो वितरण गरिएको छ । पहिरोबाट गाउँपालिका भित्रका एक हजार दुइ सय घर परिवार विस्थापित छन् । गत असार २५ गते पहिरोमा परी ११ जनाको मृत्यु भएको थियो भने एक जना अझै वेपत्ता छन् ।