कोरोना भाइरसबाट हरेक २४ घण्टामा ५ हजार ९ सयको मृत्यु – Kanika Khabar
Friday, April 19Nepali News Portal

कोरोना भाइरसबाट हरेक २४ घण्टामा ५ हजार ९ सयको मृत्यु

    मा प्रकाशित

कनिका खबर
भदौ ७, दाङ ।
कोरोना भाइरसको सङ्क्रमणबाट हरेक २४ घण्टामा ५ हजार ९०० जनाको मृत्यु भइरहेको पाइएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार शुक्रबारसम्म लिइएको पछिल्लो दुई साताको आँकडाका आधारमा यो नतिजा निकालिएको हो । यसआधारमा हेर्दा एक घण्टामा २४६ र प्रति १५ सेकेण्डमा एक व्यक्तिको मृत्यु भइरहेको छ ।

जोन्स हपकिन्स विश्वविद्यालयका अनुसार विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ लाख नाघेको छ । सबैभन्दा धेरै अमेरिकामा १ लाख ७५ जनाको मृत्यु भएको छ । त्यसपछि ब्राजिल, मेक्सिको, भारत र ब्रिटेनमा मृत्यु भएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्