३५ जिल्लामा पूर्ण र १३ जिल्लामा आंशिक गरी ४८ वटा जिल्लामा निषेधाज्ञा (सूचिसहित) – Kanika Khabar
Monday, April 13Nepali News Portal

३५ जिल्लामा पूर्ण र १३ जिल्लामा आंशिक गरी ४८ वटा जिल्लामा निषेधाज्ञा (सूचिसहित)

    मा प्रकाशित

कनिका खबर
भदौ ७, दाङ ।
सरकारले लकडाउन अन्त्य गरे पनि देशका विभिन्न जिल्लामा लकडाउन जारी नै रहेको छ । कतै लकडाउन, कतै सिल त कतै निषेधाज्ञाका नाममा जिल्लनहरु बन्द रहेका छन् । लकडाउन खोलेपछि कोरोना भाइरसको संक्रमण झनै बढेपछि मुलुकका विभन्न जिल्लामा कहीँ पूर्ण र कहीँ आंशिक निषेधाज्ञा घोषणा गरिएको हो ।

स्थानीय प्रशासनले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि जिल्लाहरुमा कोरोना संक्रमितको अवस्था हेरी पूर्णदेखि आंशिक निषेधाज्ञा जारी गरेका हुन् ।
गृहमन्त्रालयको तथ्यांकअनुसार हालसम्म पूर्ण र आंशिक गरी ४८ जिल्लामा निषेधाज्ञा लागू गरिएको छ ।

कोरोना महामारी नियन्त्रणका लागि देशभर ३५ जिल्लामा पूर्ण र १३ जिल्लामा आंशिक निषेधाज्ञा लागू गरिएको गृह मन्त्रालयले जनाएको हो।

गृह मन्त्रालयबाट प्राप्त विवरण अनुसार आइतबारसम्ममा सप्तरी, धुनषा, बाँके, पर्सा, बारा, महोत्तरी, सुनसरी, सर्लाही, स्याङ्जा, सिरहा, काठमाडौं, ललितपुर, भक्तपुर, रौतहट, धनकुटा, पाल्पा, रामेछाप, दोलखा, नवलपरासी पश्चिम, सिन्धुपाल्चोक, गोरखा, अर्घाखाँची, कास्की, कैलाली, प्युठान, दैलेख, गुल्मी, कञ्चनपुर, डडेलधुरा, कालिकोट, तेह्रथुम, संखुवासभा, रुपन्देही, चितवन र बैतडी मा पूर्ण निषेधाज्ञा जारी गरिएको छ ।
आंशिक निषेधाज्ञा लागु गरिएका जिल्लामा नुवाकोट, जुम्ला, मोरङ, दार्चुला, झापा, मकवानपुर, धादिङ, उदयपुर, तनहुँ, सुर्खेत, बाग्लुङ, पश्चिम रुकुम र जाजरकोट छन् ।
कुन कुन जिल्लामा निषेधाज्ञा ?

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्