नेपालमा कोरोना विरुद्धको खोप परीक्षण गरिने – Kanika Khabar
Thursday, May 19Nepali News Portal

नेपालमा कोरोना विरुद्धको खोप परीक्षण गरिने

    मा प्रकाशित

कनिका खबर
भदौ ८, दाङ ।
नेपालमा कोरोना विरुद्धको खोप परीक्षण गरिने भएको छ । खोप विकासमा सबैभन्दा अगाडि रहेको विश्वका तीन खोप उत्पादक कम्पनीले नेपालमा तेस्रो चरणको खोप परीक्षणको प्रक्रिया अगाडि बढाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले परीक्षणको प्रक्रिया अगाडि बढाएको बताएको छ ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले खोप विकासको चरणमा रहेको चीनको हङ् सी, अक्सफोर्ड विश्वविद्यालयको आष्टा जेनेका र रुसको गेमेलियाले तेस्रो चरणको परीक्षणको लागि इच्छा देखाएको जनाएको छ । खोप विश्व स्वास्थ्य सङ्गठनको निर्देशिकाबमोजिम तेस्रो चरणको क्लिनिकल ट्रायलका लागि खोप निर्माता कम्पनीले विश्वका विभिन्न देशमा ठूलो सङ्ख्यामा परीक्षण गर्नुपर्ने हुन्छ ।
रुसी खोप उत्पादकले समेत स्वास्थ्य तथा जनसंख्या मन्त्रालय समक्ष प्रस्ताव राखीसकेको छ । बेलायतको अक्सफोर्ड विश्वविद्यालयको आष्टा जेनेकासँग विश्व स्वास्थ्य संगठनको समन्वयमा नेपालका अनुसन्धानकर्ता तथा चिकित्सकीय टोलीले वेबिनारमा खोपको परीक्षणबारे छलफल गरेको छ खोप उत्पादक कम्पनीले नेपाली स्वास्थ्यकर्मी, विज्ञसँगको समन्वयमा गरेको परीक्षण सफल भए नेपालले खोप पाउन सहज हुने विश्वास गरिएको छ । चीन, बेलायत र रुसी तीनै खोप निर्माता कम्पनीले नेपालमा तेस्रो चरणको परीक्षणको लागि तयार रहेको मन्त्रालयले जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्