सोलुखुम्बुमा ड्युटीमा खटिएका प्रहरीलाई युवाले कुटे – Kanika Khabar
Tuesday, April 16Nepali News Portal

सोलुखुम्बुमा ड्युटीमा खटिएका प्रहरीलाई युवाले कुटे

    मा प्रकाशित

सुबास दर्नाल
भदौ ८, सोलुखुम्बु ।
सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर ११ रमितेमा प्रहरी टोलीमाथि हातपात भएको छ । रमितेको एक होटलमा जाँडरक्सी खाएर होहल्ला गरिरहेका युवालाई सम्झाउन पुगेको प्रहरीटोली माथि एक्कासि हातपात भएको सोलुखुम्बु प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक मन्दिप चौहानका अनुसार हिजो दिउँसो करिब ३ः३० बजेको समयमा स्थानीय सन्तोष खड्काको होटलमा होहल्ला गरेको सूचना पाएपछि सम्झाउन पुगेको प्रहरीलाई ६ जना युवाको समूहले एक्कासि हातपात गरेका हुन् ।ती युवाले प्रहरी सहायक निरीक्षक सरयुग महतोको प्रहरी पोसाकमा लगाएको सिठीसमेत चुँडाइदिएका छन् ।

प्रहरीलाई लडाएर लात्ति र मुक्काका साथै क्यान बियर प्रहार गरेर घाइते बनाएको सोलुखुम्बुका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक टेकुनन्द इवा लिम्बुले जानकारी दिए । उनका अनुसार प्रहरी सहायक निरीक्षक सहित ३ जना प्रहरी टालीमाथि ती युवाले हातपात गरेका हुन् ।कुटाई खाएका प्रहरी सहायक निरीक्षक महतो अवस्था सामान्य नै रहेको प्रहरीले जनाएको छ । पाँच युवालाई घटनास्थलबाटै र एक जनालाई भाग्दै गरेको अवस्थामा पक्राउ गरिएको छ । पक्राउपछि उनीहरुलाई कानुनी कारवाही गरिने प्रहरीले जानकारी दिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्