भारतीय राष्ट्रिय कांग्रेसको कार्यसमितिको बैठक आज बस्दै – Kanika Khabar
Monday, April 22Nepali News Portal

भारतीय राष्ट्रिय कांग्रेसको कार्यसमितिको बैठक आज बस्दै

    मा प्रकाशित

कनिका खबर
भदौ ८, दाङ ।
भारतीय राष्ट्रिय कांग्रेसको कार्यसमितिको बैठक आज बस्दैछ । आज बैठक बस्नुअघि कांग्रेसका २३ जना नेताले अध्यक्ष सोनिया गान्धीलाई चिठी लेखेर नेतृत्व परिवर्तनको माग गरेका छन्।उनीहरुले पार्टीमा आन्तरिक संकट गहिरिँदै गएको भन्दै नेतृत्वको विषयमा पनि छलफल हुनुपर्ने माग गरेका हुन् । उनीहरुले सामुहिक नेतृत्वको माग गरेका भारतीय सञ्चारमाध्यमहरूले खबर लेखेका छन् । चिठी लेख्नेमा पाँच जना पूर्व मुख्यमन्त्रीसहित कांग्रेस कार्यसमिति सदस्य, सांसद तथा केही पूर्वमन्त्रीसमेत रहेका छन् । गतवर्षको चुनावमा कांग्रेसको पराजयपछि पार्टी अध्यक्ष राहुल गान्धीले पदबाट राजीनामा दिएका थिए । राहुलको राजीनामापछि सोनियाले फेरि अध्यक्षको जिम्मेवारी सम्हालेकी थिइन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्