खौराहा बाबा मन्दिर, कुण्डमा स्नान गर्दा छाला हराउने विश्वास – Kanika Khabar
Wednesday, November 12Nepali News Portal

खौराहा बाबा मन्दिर, कुण्डमा स्नान गर्दा छाला हराउने विश्वास

    मा प्रकाशित
तीर्थराज ज्ञवाली

दाङ,८ भदौ ।

खौराहा बाबा धार्मिक पर्यटकीयस्थल देउखुरीको राप्ती गाउँपालिका वडा नं ५ को कालापानी गाउँ उत्तरमा रहेको छ । परम्परागत रुपमा धार्मिक दृष्टीले महत्वपुर्ण मानिन्छ भने पछिल्लो समयमा पर्या पर्यटनका लागि मनमोहक तथा शान्त स्थलको रुपमा रहेको छ ।

महाभारत पहाडको फेदिमा पर्ने यो खौराहा बाबा धार्मिक पर्यटकीयस्थल सिसहनिया बजारदेखी करिव १.५ किलोमिटर उत्तरमा पर्दछ ।
मनमोहक प्राकृतिक सम्पदा, भब्य शिव मन्दिर, आकर्षक तलाउ, स्नानार्थ कुण्ड, विभिन्न प्रजातीका चराचुरुङी तथा बन्य जन्तुको बासस्थान रहेको उक्त खौराहा बाबा धार्मिक पर्यटकीय स्थलमा आन्तरिक पर्यटकहरु सयर गर्न, मनमोहक दृष्यको आन्नद उठाउन, पिकनिक खान तथा स्वास्थय लाभको लागि कुण्ड स्नान गर्न नियमित आउने गरेका छन ।

माघी स्नानको अवसरमा भब्य मेला लाग्ने यो स्थानको अवलोकन तथा कुण्ड स्नान गर्नाले छाला सम्वन्धि रोग हराउने मान्यता रहिआएको छ ।
कालापानी सामुदायिक वनको संरक्षण तथा खौराहा बाबा धार्मीक पर्यटकीय स्थल सञ्चालन समिति लगायत समुहहरुको संरक्षणमा रहेको धार्मीक पर्यटकीय स्थलको विकासको लागि स्थानीय नागरिक, साविक गाविस र हाल गाउँपालिका लागिपरेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्