लिदीका पहिरो पीडितद्धारा सरकारसँग जिविकोपार्जन सहितको स्थानान्तरण माग – Kanika Khabar
Tuesday, July 14Nepali News Portal

लिदीका पहिरो पीडितद्धारा सरकारसँग जिविकोपार्जन सहितको स्थानान्तरण माग

    मा प्रकाशित

कनिका खबर
भदौं ८, सिन्धुपाल्चोक
सिन्धुपाल्चोकको जुगल गाँउपालिका–२, लिदीका पहिरो पीडितहरुले सरकारसँग जिविकोपार्जन सहितको स्थानान्तरण माग गरेका छन् । स्थानीय सरकारले उनीहरुलाई अस्थायी आवासको लागि जुगल–१ कै बाँसखर्कमा सार्ने निर्णय भएपछि स्थानीयले सो माग राखेका हुन् । पहिरोमा परेकामध्ये २९ परिवारको लागि अहिले सेलाङको बाँसखर्कमा अस्थायी बासको लागि टहराहरु निर्माण भइरहेको छ । पहिरोले बस्ती नै जोखीम भएपछि उनीहरु सुरक्षीत स्थानमा बास खोजीरहेका छन् ।

एक सय ७२ परिवार रहेको लिदिका स्थानीयहरुले आफुहरुलाई खेतीयोग्य जग्गा सहित स्थानान्तरण गरिनुपर्ने माग राखेका छन् । आफ्नो नाममा लिदीमा रहेको सबै जग्गा सरकारलाई दिन आफुहरु तयार रहेको र आफुहरुलाई सोही बराबर जमीन दिन सरकारलाई माग गरेका छन् । पीडितहरुको व्यवस्थापनको लागि निर्माण गरिएको संयोजन समितीका संयोजक रेशम दोङले आफुहरुलाई सरकारको जमीन एक इन्च पनि वढी नचाहीएको र आफ्नो जमिन सरकरालाई दिदै सोही बराबरको जमिन सरकारले दिनुपर्ने माग राख्नुभयो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्