फिनल्यान्डकी प्रधानमन्त्री सान्ना मरिन सोसल डेमोक्र्याट पार्टीको अध्यक्ष चयन – Kanika Khabar
Saturday, November 15Nepali News Portal

फिनल्यान्डकी प्रधानमन्त्री सान्ना मरिन सोसल डेमोक्र्याट पार्टीको अध्यक्ष चयन

    मा प्रकाशित

कनिका खबर
भदौं ८, दाङ
फिनल्यान्डकी प्रधानमन्त्री ३४ वर्षका सान्ना मरिन सोसल डेमोक्र्याट पार्टीको अध्यक्षमा चयन हुनु भएको छ । फिनल्यान्डको इतिहासमै यति कम उमेरमा सत्तारुढ दलको नेतृत्व लिने उहाँ पहिलो महिला हुनुहुन्छ । फिनल्यान्डको सबैभन्दा ठूलो दल सोसल डेमोक्र्याट पार्टीको अधिवेशनले मरिनलाई पार्टी अध्यक्षमा निर्विरोध चयन गरेको हो ।

उक्त पार्टीमा महिलाले नेतृत्व सम्हालेको यो दोस्रो पटक हो । हाल पार्टी अध्यक्षमा एन्टी रिन्न रहनु भएको छ । उहाँले देशभित्रको राजनीतिक गतिरोधबीच गत वर्ष डिसेम्बरमा प्रधानमन्त्री पदबाट पनि राजीनामा दिनु भएको थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्