भक्तपुरमा ५ सय बेडको कोरोना अस्पताल तयारी सुरु भएपछि अस्पतालको ओपिडी सेवा बन्द – Kanika Khabar
Monday, April 21Nepali News Portal

भक्तपुरमा ५ सय बेडको कोरोना अस्पताल तयारी सुरु भएपछि अस्पतालको ओपिडी सेवा बन्द

    मा प्रकाशित

कनिका खबर
भदौं ९, भक्तपुर 
भक्तपुरमा ५ सय बेडको कोरोना अस्पताल बन्ने भएको छ । भक्तपुरको दूधपाटीस्थित भक्तपुर अस्पताल परिसर र खरिपाटीस्थित विद्युत प्राधिकरणको तालिम केन्द्रमा बनाइएको आइसोलेसन सेन्टरमा बेड थप गरी आइसोलेसन सेन्टरलाई तत्काल ५ सय बेडमा बिस्तार गरिने भएको हो । भक्तपुर अस्पतालले आफ्ना सबै ओपिडी सेवा स्थगित गरी कोभिड १९ उपचारमा केन्द्रित भएको भन्दै भक्तपुर अस्पतालकी मेडिकल सुपरिटेण्डेण्ट डा. सुमित्रा गौतमले यस विषम परिस्थितिमा आफूहरु उच्च मनोबलसाथ कोभिड १९ सङ्क्रमितको उपचार सेवामा समर्पित भएको बताउनुभएको छ । अहिले भक्तपुर अस्पातालमा जम्मा सय बेड छन् । अहिले कोभिड १९ का बिरामी मात्र राख्ने भएकाले सबै ओपिडी सेवाहरु बिहीबारदेखि नै बन्द गरेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्