कनिका खबर
भदौं ९, नुवाकोट
एक साता अगाडि नुवाकोटका एक जना पत्रकारलाई कोरोना रहेको पुष्टि भएपछि गरिएको कन्ट्रयाक ट्रेसिङमा उनका परिवारसहित सबैको नतिजा कोरोना नेगेटिभ रहेको आएको छ । उहाँका परिवारका नौ र अन्यसमेत गरि ८० जनाको कन्ट्रयाक ट्रेसिङ गरि स्वाब सङ्कलन गरि परिक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएकोमा हिजो सबैको नतिजामा कोरोना नभएको आएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । कुनै यात्रा विवरण नै नभएका नुवाकोटको विदुरका एक जना पत्रकार युवकलाई कोरोना सङ्क्रमण भएको नतिजा आएपछि एक सातादेखि विदुर तनावग्रस्त बनेको थियो ।
विदुर वजार पुरै सिल गरिएको थियो । यसवाट नुवाकोट कोरोनाको उच्च जोखिममा रहेको पुष्टि भएको छ । महामारीको रुपमा फैलिरहेको नोवेल कोरोना सङ्क्रमितको संख्या १२ स्थानीय तह रहेको नुवाकोटमा सक्रमितहरुको संख्या सोमवारसम्म ७७ पुगेको छ । ६४ जना कोरोना निको भएर घर फर्किसकेको स्वास्थ्य कायाृलय नुवाकोटका प्रमुख सागरप्रसाद घिमिरेले जानकारी दिनुभयो । नुवाकोटका १३ जना सङ्क्रमित उपचाररत छन् ।