नेकपाको सचिवालय बैठक शनिबार बस्दै – Kanika Khabar
Friday, April 18Nepali News Portal

नेकपाको सचिवालय बैठक शनिबार बस्दै

    मा प्रकाशित

कनिका खबर
भदौ ९, दाङ ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाले सचिवालय बैठक शनिबारका लागि बोलाएको छ । अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आज भएको भेटवार्तामा १३ गते शनिबार सचिवालय बैठक बोलाउने सहमति भएको हो । बैठकमा पार्टीमा देखिएको विवाद समाधानका लागि सुझाव दिन गठित कार्यदलको प्रतिवेदनमाथि छलफल हुनेछ । कार्यदलले प्रतिनिधिसभाको बाँकी कार्यकालभर ओली नै प्रधानमन्त्री रहने र पार्टी सञ्चालन अर्का अध्यक्ष प्रचण्डले गर्ने गरी गत शनिबार आफ्नो प्रतिवेदन बुझाएको थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्