६ वर्षका बालिका बलात्कारको आरोपमा दुई बालक पक्राउ  – Kanika Khabar
Tuesday, April 16Nepali News Portal

६ वर्षका बालिका बलात्कारको आरोपमा दुई बालक पक्राउ 

    मा प्रकाशित

राधिका बुढाथोकी
भदौ ९, सिन्धुली ।
सिन्धुलीमा ६ बर्षीया बालिका बलात्कार गरेको आरोपमा दुई जना बालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा दुधौली नगरपालिकाका १४ र १६ बर्षका बालक रहेका छन् । घटनामा संलग्न पनि बालक नै भएको भन्दै प्रहरीले नाम भने गोप्य राखेको छ । घरमा कोही नभएको मौका छोपी बालिकालाई एकान्तस्थलमा लगेर बलात्कार गरेको अभियोगमा बालकलाई पक्राउ गरिएकोे ईलाका प्रहरी कार्यालय डकाहाका प्रमुख सुगन्ध श्रेष्ठले जानकारी दिए । आरोपित दुई जना बालकलाई हिजो पक्राउ गरेर आज जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा पठाईएको छ । दुई जना बालकले बालिकालाई बलात्कार गरेको स्विकारेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्