मंगलसेन र साँफेबगर नगरपालिका एक हप्ताका लागि लकडाउन – Kanika Khabar
Friday, March 29Nepali News Portal

मंगलसेन र साँफेबगर नगरपालिका एक हप्ताका लागि लकडाउन

    मा प्रकाशित

कमल रावल
भदौ ९, अछाम ।
मंगलसेन नगरपालिका र साँफेबगर नगरपालिका आजबाट लकडाउन गरिएको छ । नगर भित्रका वडामा दिनदिनै कोरोना भाईरसका सङ्क्रमित बढ्दै गएपछि भदौ १६ गते एक हप्ता सम्मका लागि दुुईटै नगरपालिका पुर्ण रुपमा बन्द हुने भएका छन् ।
भदौ १६ गते रात १२ बजेसम्म साफेबगर नगरपालिका क्षेत्रका सरकारी तथा गैर सरकारी कार्यालय, बैक तथा बित्तिय संस्था लगायत सबै कार्यालय बन्द हुने नगरप्रमुख कुल बहादुर कुवरले बताउनुु भयो । सार्वजनिक तथा निजि सवारी साधनहरु पुर्ण रोक लगाउन, निर्माणका कार्य सबै बन्द गर्ने, मानिसहरुको आवात जावत तथा हिडडुुलमा पुर्ण रोक लगाईने छ ।
यस अवधिमा अस्पताल, स्वास्थ्य चौकी, विद्युुत कार्यालय, नेपाल टेलिकम, औषधि पसल, पेट्रोल पम्पहरु खोल्ने र बाढी, पहिरो रोकथाम र प्राकृतिक प्रकोप न्युुनिकरण सम्बन्धीका काम गर्न पाईने प्रेस बिज्ञप्ति मार्फत नगरपालिकाले जानकारी गराएको छ ।
यसैबिच मंगलसेन नगरपालिकामा भदौ १६ गते बिहान ७ बजेसम्मका लागि कोभिड् १९ सम्बन्धी सेवा तथा काम, स्वास्थ्य सम्बन्धी सेवा तथा काम र विपद सम्बन्धी सेवा तथा काम मात्र गर्न दिईने नगरपालिकाका प्रमुुख प्रशासकीय अधिकृत ओमकार शाहले बताए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्