सुशील बस्नेत
दाङ, ९ भदौ ।
कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि प्रदेश नं. ५ को रणनीतिक योजना, कार्यान्वयन र चुनौती बिषयक भर्चुअल संवाद मंगलवार भएको छ ।
संवाद समूह प्रदेश नं. ५ सचिवालयको आयोजनामा भएको भर्चुअलमार्फतको संबादमा सामाजिक बिकास मन्त्रालय, प्रदेश नं. ५ का स्वास्थ्य निर्देशक डा. बिनोद गिरीले कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणका लागि १० बुँदे निर्देशिका बनाई काम भइरहेको जानकारी दिए । उनले सोही निर्देशिका अनुसार कुन–कुन क्षेत्रका ब्यक्तिको स्बाव टेष्ट गर्ने, कति दिन सेल्फ क्वारेन्टाइनमा बस्नेलगायत उल्लेख भएको बताए ।
उनले कोरोना भाइरस संक्रमण समुदायसम्म फैलन नदिन केस स्टडीको तयारी शुरु हुन लागेको जानकारी दिएका छन् । अब अक्सिजनसहितको बेड भएको स्वास्थ्य संस्था बनाउने तयारीमा जुटेको उनले बताए । अक्सिजन र मनिटर भएका बेड बनाउने तयारीमा जुटेको प्रदेश सरकारले ठूलो संख्यामा भेन्टीलेटरमा राख्न सकिने अबस्था आएमा समस्या नहुने डाक्टर गिरीले जानकारी दिए ।
जिल्ला समन्वय समिति बर्दियाका संयोजक शंकरप्रसाद चौधरी र शिवराज नगरपालिका कपिलबस्तुका उपप्रमुख शिबकुमारी चौधरीले प्रबिधिमा आएको समस्याका कारण भनाई राख्न असमर्थ भएका थिए भने सन्धीखर्क नगरपालिका अर्घाखाँचीका उपप्रमुख डाकुर बि.क.र धुर्कोट गाँउपालिकाका प्रमुख भूपाल पोख्रेलले प्रदेश सरकारले संघीय सरकार र स्थानीय तहको हरेक क्रियाकलापलाई जोड्न प्रभावकारी भूमिका खेल्नुपर्ने सुझाब दिएका थिए ।
स्थानीय तहले कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि हरसम्भव प्रयास गरिरहेको उनीहरुले बताएका छन् । स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजजंग शाह र पुथा उत्तरगंगा गाउँपालिका रुकुम पूर्बका स्वास्थ्य शाखा प्रमुख समिर गिरीले प्रबिधिका कारण कुरा राख्न असमर्थ भएका थिए भने शान्तिनगर गाउँपालिका दाङका स्वास्थ्य शाखा प्रमुख हरि पुनले संक्रमण बढ्न नदिन भारतबाट आउने मानिसहरुलाई होल्डिङ सेन्टरमा राखेर सिधै पालिकासम्म पु¥याउनुपर्ने सुझाब दिए ।
पश्चिम नवलपरासीका महिला अधिकारकर्मी राधा खत्री, प्यूठानका रेडियोकर्मी भुवन सुनार, रोल्पाका पत्रकार कविता उपाध्याय र पाल्पाका पत्रकार सीता डोटेलले भर्चुअल मार्फतको संबादका भाग लिएका थिए । कार्यक्रमको सहजीकरण संबाद समूहका बरिष्ठ सहजकर्ता सुशील बस्नेत र बुटवलका फोकल पर्सन बिक्रम खड्काले गरेका थिए ।