एक महिलाले ५ केजीको बच्चा जन्माइन – Kanika Khabar
Sunday, July 19Nepali News Portal

एक महिलाले ५ केजीको बच्चा जन्माइन

    मा प्रकाशित

कनिका खबर
भदौ ९, काठमाडौँ ।
काठमाडौंको जोरपाटीकी एक महिलाले नेपाल मेडिकल कलेजमा एक महिलाले ५ केजीको शिशुलाई जन्म दिएकी छन् ।

ती महिला ३० वर्षकी रहेकी छिन् । उनले जन्म दिएको बच्चाको तौल ५ केजी १०० ग्राम रहेको छ ।

उनको आज मंगलबार बिहान १० बजे शल्यक्रियामार्फत प्रसूति गराइएको थियो ।

नेपाल मेडिकल कलेजकी प्रसूती तथा स्त्री रोग विशेषज्ञ डाक्टर मर्यादा मल्ल प्रधानको टिमले ती महिलाको ४० हप्ताको गर्भ शल्यक्रियामाफर्त प्रसूती गराएको हो ।

डा प्रधानका अनुसार शल्यक्रियामार्फत जन्मेको शिशु र आमा दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको छ । आमाको तौल ९२ केजी रहेको तर स्वास्थ्यमा अन्य समस्या भने नभएको डा प्रधानको भनाइ छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्