आन्तरिक उडान सुरु गर्ने तयारी, पहिलो चरणमा काठमाडौंबाट हिमाली र पहाडी भेगका विमानस्थलमा मात्र – Kanika Khabar
Friday, April 19Nepali News Portal

आन्तरिक उडान सुरु गर्ने तयारी, पहिलो चरणमा काठमाडौंबाट हिमाली र पहाडी भेगका विमानस्थलमा मात्र

    मा प्रकाशित

कनिका खबर
भदौं १०, काठमाडौं
नजिकिएको चाडबाडलाई मध्यनजर गर्दै सरकारले आन्तरिक उडान सुरु गर्ने तयारी थालेको छ । पहिलो चरणमा आन्तरिक उडान भने काठमाडौंबाट हिमाली र पहाडी भेगका विमानस्थलमा मात्र हुने भएको छ । यसको लागि निजी क्षेत्रका वायुसेवा कम्पनीसँग छलफल थालिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । आज मन्त्रालयमा आयोजित वार्षिक प्रगति सार्वजनिक कार्यक्रममा मन्त्री योगेश भट्टराईले चाडबाड आएको र उडान खोल्नुपर्नेमा सरकारले छलफल गरिरहेको भन्दै तराईमा भने तत्काल उडान नखुल्ने बताउनुभयो । पहाड र हिमाली भेगका विमानस्थलमा उडान खोल्ने गरी मन्त्रिपरिषदमा प्रस्ताव लैजाने तयारी भईरहेको मन्त्रालयका सचिव केदार अधिकारीले सीआइएनसँग बताउनुुभयो । अन्तर्राष्ट्रिय उडान भने १६ भदौबाट खुल्नेछ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्