स्वास्थ्यका कर्मचारीमा कोरोना देखिएपछि मनाङ जिल्ला अस्पताल सिल – Kanika Khabar
Thursday, April 24Nepali News Portal

स्वास्थ्यका कर्मचारीमा कोरोना देखिएपछि मनाङ जिल्ला अस्पताल सिल

    मा प्रकाशित

कनिका खबर
भदौं १०, लजजुङ
हिमाली जिल्ला मनाङमा स्वास्थ्य कार्यालयका एक जना कर्मचारीमा कोरोना सङक्रमण पुष्टि भएपछि मनाङ जिल्ला अस्पताल सिल गरिएको छ । स्वास्थ्यका कर्मचारीमा कोरोना देखिएपछि अस्पतालबाट इमर्जेन्सीबाहेकका सबै सेवा बन्द गरी अस्पताल सिल गरिएको हो । अस्पतालका मेडिकल अधिकृत एवं कोरोना फोकल पर्सन डा. सन्तोष अधिकारीले मंगलबार सूचना जारी गरी स्वास्थ्य कार्यालय परिसरभित्र रहेको स्वास्थ्य कार्यालय मनाङका एक कर्मचारीमा पोखरास्थित ल्याबमा स्वाब परीक्षणका क्रममा कोरोना पुष्टि भएकाले उनको सम्पर्कमा आएका व्यक्तिको कन्ट्याक्ट ट्रेसिङ गर्नुपर्ने र अस्पताल निर्मलीकरण गर्नुपर्ने भएकोले अर्को सूचना प्रकाशित नभएसम्मको लागि अस्पताल सिल गरिएको उल्लेख गरेका छन् ।

अस्पतालबाट प्रदान हुने इमर्जेन्सी बाहेक सबै सेवा स्थगित गरेको सूचनामा उल्लेख गरिएको छ । कोरोना संक्रमण पुष्टि भएकामध्ये १ जना स्वास्थ्य कार्यालयका कर्मचारी र एकजना माथिल्लो मनाङका शिक्षक हुन् । कोरोना संक्रमण पुष्टि भएका कर्मचारी स्वास्थ्य कार्यालयमा आफै आइसोलेसनमा बसेको र शिक्षक स्वास्थ्यकर्मीको निगरानीमा आइसोलेशनमा बस्नु भएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्