कालिकोटको शुभकालिका गाउँपालिकाको क्वारेन्टिनबाट ४ जना डिस्चार्ज – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

कालिकोटको शुभकालिका गाउँपालिकाको क्वारेन्टिनबाट ४ जना डिस्चार्ज

    मा प्रकाशित

कनिका खबर
भदौं १०, कालिकोट
कालिकोट जिल्लाको शुभकालिका गाउँपालिका वडां.नं २ हेरपानि क्वारेन्टाइन बाट आज ४ जना लाई डिस्चार्ज गरीएको छ । भारतको हिमालचोल प्रदेश बाट आई साउन २३ गते हेरपानिको क्वारन्टिनमा बसेका उनीहरुलाई आज घर पठाइएको प्रहरी हवल्दार पूर्ण बहादुर शाहीले जानकारी दिनु भयो । प्रहरी हवल्दार शाहीका अनुसार उनिहरुको भदौ ५ गते शुक्रबार स्वाब संकलन गरी कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लामा पठाईएको थियो ।

कोरोना रिपोर्ट नेगेटिभ आउदा उनीहरुलाई डिस्चार्ज गरी घर पठाइएको हो । डिस्चार्ज हुनेमा १ जना महिला,२ जना बालक,र एकजना बर्ष ४५ का पुरुष गरी जम्मा चार जना लाई डिस्चार्ज गरीएको सुरक्षामा खटिएका प्रहरी हवल्दार पूर्ण बहादुर शाहीले जानकारी दिनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्