रासायनिक मलमा कालोबजारी गर्ने ३ व्यापारी पक्राउ – Kanika Khabar
Tuesday, April 23Nepali News Portal

रासायनिक मलमा कालोबजारी गर्ने ३ व्यापारी पक्राउ

    मा प्रकाशित

कनिका खबर
भदौ १०, दाङ ।

दाङमा रासायनिक मलमा कालोबजारी गर्ने ३ व्यापारी पक्राउ परेका छन् । बजार मूल्य भन्दा तेब्बर बढी मूल्यमा यूरिया मेल बेच्ने तीन व्यापारी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
गढवा गाउँपालिका वडा नं. ५ निवासी सुनिल पोखरेल, वडा नं। ६ निवासी राजकुमार गुप्ता र सोही ठाउँका युवराज पाण्डेलाई पक्राउ परेको जिल्ला प्रहरी प्रबक्ता सुमित खड्काले जानकारी दिएका छन् ।
उनीहरुले आफ्नो पसलवाट बजारमा प्रतिबोरा ७ सय २१ रुपैंयामा किन्न पाइने यूरिया मल प्रतिबोरा २ हजार ४ सयका दरले विक्रि गर्दै आएको गुनासोको आधामा पक्राउ गरिएको डिएसपी खड्काले जानकारी दिए ।

गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गढवा र जिल्ला प्रशासन कार्यालयवाट खटिएको संयुक्त अनुगमन टोलीले साउन २२ गते उनीहरुलाई पक्राउ गरेको थियो ।

सर्वसाधारण उपभोक्तालाई ठगी गरेकाले उनीहरुलाई मुलुकी फौजदारी कार्यविधि संहिता अनुसार कारवाही सुरु भएको डिएसपी खड्काले जानकारी दिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्