निशुल्क मास्क वितरणका संस्थापक विरुले गरे ३६ हजार बढी मास्क वितरण – Kanika Khabar
Thursday, April 25Nepali News Portal

निशुल्क मास्क वितरणका संस्थापक विरुले गरे ३६ हजार बढी मास्क वितरण

    मा प्रकाशित

कनिका खबर
भदौ १०, दाङ ।


दाङमा निशुल्क मास्क वितरणको अभियान थालेका विरु खत्रीले अहिलेसम्म ३६ हजार बढी मास्क वितरण गरेका छन् । अहिले उनी जिल्लामा मास्क वितरण अभियाका संस्थापकका रुपमा चिनिन्छन् । सेवाभावको उद्देश्यले थालेको मास्क वितरण अभियानले उनलाई मास्क सारथिका रुपमा चिनाउँदै अहिले मास्क वितरणका संस्थापकका रुपमा स्थापित गरेको छ ।


उनले कोभिड १९ को महामारीको जोखिम बढिरहेको बेला मास्क वितरणका अभियान थाले । जेठको दोस्रो साताबाट मास्क वितरण अभियान थालेका खत्रीले यो अभियानलाई दाङ जिल्लाभरि बिस्तार गरे । उनले भने, ‘परिवर्तन सानो कामबाट हुन्छ । काम पहिले सामान्य मानिन्छ तर पछि त्यही काम ठूलो भइदिन्छ । ’ उनले थपे, ‘ मैले निशुल्क मास्क वितरण गर्दा सुरुका दिनमा थुप्रै आलोचना खेपे, कुरा काट्नेले कुरा काटे, नकारात्माक टिकाटिप्पणी भए तर आलोचनाले म झनै मजबुत हुँदै गएँ । आलोचनाबाट म पछि हटेन, आलोचनालाई प्रेरणाको रुपमा लिएर अगाडि बढे । फलस्वरुप आज मेरो अभियानलाई विभिन्न रुपमा निरन्तरता दिनेहरुको जमात देखिन थालेको छ ।’ ‘कम्तिमा मैले थालेको यो अभियान समाजका लागि सकारात्मक रहेछ । म हिँडेको बाटो सही रहेछ भन्ने मलाई लागेको छ । आज अन्य व्यक्तिहरु पनि मास्क अभियान लिएर हिँडेको देख्दा मलाई खुशी लाखेको छ ।’ खत्रीले भने । उनले थपे ‘हजार माइलको यात्रा एक कदमबाट सुरु हुन्छ, मैले कदम चालेको कदमलाई पछ्याउनेहरु पाउँदा सन्तुष्टि मिलेको छ ।’
अझै निरन्तर रुपमा यो अभियानलाई चलाइरहने उनले बताए । उनले जिल्लाका हरेक स्थानमा पुगेर मास्क वितरण गर्दै आएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्