आफ्ना आफन्तले सम्बन्धको दुरुपयोग नगरेको मन्त्री पोखरेलको दाबी – Kanika Khabar
Friday, March 29Nepali News Portal

आफ्ना आफन्तले सम्बन्धको दुरुपयोग नगरेको मन्त्री पोखरेलको दाबी

    मा प्रकाशित

कनिका खबर
भदौं १०, काठमाडौं
उपप्रधानमन्त्री ईश्वर पोखरेलले आफ्नो नाता पर्ने व्यक्तिले सम्बन्धको दुरुपयोग गरी लाभको पद नलिएको दावी गर्नुभएको छ । उहाँले आज फेसबुकमा एक सूचना राख्दै आफूसँगको नाता सम्बन्धको आधारमा कानूनी व्यवस्था उलंघन गरी पद प्राप्त गरेको भन्ने विषयमा सत्यता नभएको बताउनुभएको हो ।

परिवारका कुनै सदस्य वा मेरा कुनै नाता सम्बन्धमा रहेका व्यक्तिहरूद्वारा पद वा मसितको सम्बन्धको दुरूपयोग गरी विद्यमान कÞानूनी व्यवस्थालाई उल्लंघन गरेर लाभ लिएको वा पद प्राप्त गरेको भन्ने विषयमा कुनै सत्यता छैन । भएका काम विधिसम्मत, पारदर्शितासहित र संस्थागत निर्णय प्रक्रियाका आधारमा मात्रै भएका छन्, उहाँले भन्नुभएको छ । कहींकतै आफ्नो अबाञ्छित चासो वा हस्तक्षेप प्रमाणित भएमा सार्वजनिक रूपमा सजायको भागिदार बन्ने पनि पोखरेलले बताउनुभएको छ ।

अर्थ मन्त्रालयले राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक समिति सदस्यमा पोखरेलका सम्धी उपेन्द्रकुमार कोइरालालाई नियुक्त गरेको थियो । यस बिषयमा हिजो सामाजिक सञ्जालमा बिरोध भएपछि पोखरेलले सूचना मार्फत यो बिषयमा प्रष्ट धारणा राख्नुभएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्