लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत एक जना कोरोना सङ्क्रमितको मृत्यु – Kanika Khabar
Sunday, July 19Nepali News Portal

लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत एक जना कोरोना सङ्क्रमितको मृत्यु

    मा प्रकाशित

कनिका खबर

भदौं ११, बुटवल

लुम्बिनी प्रादेशिक अस्पतालमा थप एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । कोरोना विशेष अस्पतालमा उपचाररत एक जना पुरुषको गयराति मृत्यु भएको हो । प्रादेशिक अस्पताल बुटवलका सूचना अधिकारी डा विष्णु गौतमका अनुसार कपिलवस्तुको कपिलवस्तु नगरपालिका १ का ५० वर्षका पुरुषको उपचारका क्रममा राति मृत्यु भएको हो । साँझ ७ बजे उनको स्वास्थ्य अवस्था जटिल बनेपछि भेन्टिलेटरमा राखिएको र राती १० बजेर ५५ मिनेटमा मृत्यु भएको डा गौतमले बताउनुभयो । भदौ ५ गते कोरोना सङ्क्रमण पुष्टि भएर अस्पताल भर्ना भएका उनमा उच्च रक्तचाप, मधुमेह र रक्तअल्पता जस्ता समस्या पनि थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्