उपत्यकामा कोरोना सङ्क्रमितको संख्या बढेपछि आइसोलेसन र क्वारेन्टाइन बनाइँदै – Kanika Khabar
Friday, October 7Nepali News Portal

उपत्यकामा कोरोना सङ्क्रमितको संख्या बढेपछि आइसोलेसन र क्वारेन्टाइन बनाइँदै

    मा प्रकाशित

कनिका खबर
भदौं ११, काठमाडौं
उपत्यकामा कोरोना सङ्क्रमितको संख्या बढ्दै गएपछि सरकार आइसोलेसन र क्वारेन्टाइन निर्माणमा जुटेको छ । उपत्यकामा कम्तीमा पाँच हजार आइसोलेसन बेड निर्माण गर्नका लागि तीन वटै सरकारका प्रतिनिधिले काम थाल्ने भएका छन् । उपत्यकामा आइसोलेसन बेड बनाउने ठाउँ खोज्न समिति गठन गरिएको छ । यस्तै काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा ६ हजार बेड क्षमताका क्वारेन्टाइन पनि निर्माण गरिने भएको छ ।

काठमाडौं उपत्यका एकीकृत क्वारेन्टाइन व्यवस्थापन समितिको बैठकले स्थानीय सरकारहरूको समन्वयमा जतिसक्दो छिटो क्वारेन्टाइन निर्माणको काम थाल्ने निर्णय गरेको गृह मन्त्रालयका सूचना अधिकारी प्रेमलाल लामिछानेले  बताउनुभयो । काठमाडौं, भक्तपुर र ललितपुरमा उचित स्थान छनौट गरेपछि आइसोलेसन बेड निर्माण गरिने र संक्रमण देखिएका तर लक्षण नदेखिएकाहरूलाई त्यहाँ राख्ने तयारी भएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्