सरकारको गलत नीतिका कारण कोरोनाभाइरसको सङ्क्रमण बढेको काँग्रेसको ठहर – Kanika Khabar
Friday, March 29Nepali News Portal

सरकारको गलत नीतिका कारण कोरोनाभाइरसको सङ्क्रमण बढेको काँग्रेसको ठहर

    मा प्रकाशित

कनिका खबर
भदौं ११, काठमाडौं
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारको गलत नीतिका कारण कोरोनाभाइरसको सङ्क्रमण बढेको ठहर गरेको छ । काँग्रेसका सहमहामन्त्री तथा कोभिड १९ अनुगमन समितिका संयोजक डा. प्रकाश शरण महतले प्रेस नोट जारी गर्दै सरकारले लकडाउन गर्ने, खोल्ने, फेरि बन्द गर्ने बाहेक कोरोना सङ्क्रमण रोक्ने र लकडाउनका कारण आर्थिक सामाजिक असरहरुलाई कम गर्न कुनै ठोस योजना ल्याउन नसकेको दावी गर्नुभएको छ ।

पार्टीले कोरोना सङ्क्रमण रोक्ने उपाय र यसबाट उत्पन्न परिस्थितिलाई सम्बोधन गर्न सरकारले चाल्नु पर्ने कदमहरुका बारेमा निरन्तर खबरदारी गर्दै आएपनि सरकारबाट सुनुवाइ हुन नसकेको उहाँले आरोप लगाउनुभएको छ । सरकारकै संवेदनहीनताका कारण सङ्क्रमण नियन्त्रण भन्दा बाहिर गएको र नागरिकको जीवन संकटमा पुगेको उहाँको दावी छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्