एकैपटक ६० सहसचिवको सरुवा ( सरुवाको सूची) – Kanika Khabar
Sunday, July 19Nepali News Portal

एकैपटक ६० सहसचिवको सरुवा ( सरुवाको सूची)

    मा प्रकाशित

कनिका खबर
भदौं ११, काठमाडौं
सरकारले एकैपटक ६० जना सहसचिवहरुको सरुवा गरेको छ । लामो समयदेखि केन्द्रमा कार्यरत उच्चपदस्थ कर्मचारीहरुलाई प्रदेशमा पनि सरुवा गर्ने नीतिअनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट ६० जना सहसचिवहरुको सरुवा गरेको हो । मन्त्रालयको वेबसाइटमा राखिएको विवरण अनुसार प्रधानमन्त्री कार्यालयका सहसचिव दिनेश कुमार घिमिरेलाई प्रदेश १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सरुवा गरिएको छ ।

प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सहसचिव राजेन्द्र कुमार पौडेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा तानिएको छ । सञ्चार मन्त्रालयका सहसचिव राधिका अर्याललाई बागमती प्रदेशको मुख्यमन्त्री कार्यालयमा, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका चुडामणि पौडेललाई सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा, गृहमन्त्रालयका महादेव पन्थलाई प्रदेश नं. ५ को सामाजिक विकास मन्त्रालयमा र स्वास्थ्य मन्त्रालयका रघुराम विष्टलाई स्वास्थ्य मन्त्रालयबाट सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयमा सरुवा गरिएको छ । यसैगरी लोक सेवा आयोगका डा. खगेन्द्र प्रसाद सुवेदीलाई प्रदेश नं. ५ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सरुवा गरिएको छ ।

डा. सुवेदी लोक सेवा आयोगका ‘मुख्य मनोविज्ञानवेत्ता’ पदमा कार्यरत हुनुहुन्छ । मुख्य मनोविज्ञानवेत्ता नेपालको एकमात्र पद हो ।

 सरुवाको सूची

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्