आज थप ५६९ जना कोरोना सङ्क्रमण मुक्त, ज्यान गुमाउनेको संख्या १८३ पुग्यो – Kanika Khabar
Tuesday, May 13Nepali News Portal

आज थप ५६९ जना कोरोना सङ्क्रमण मुक्त, ज्यान गुमाउनेको संख्या १८३ पुग्यो

    मा प्रकाशित

कनिका खबर
भदौ ११, दाङ ।

नेपालमा आज ५६९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २० हजार ७३ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

आज थप ८ जनाको कोरोनाले मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या १८३ पुगेको छ ।

आज मृत्यु हुनेमा ५ जना महिला र ३ जना पुरुष गरी ८ जना रहेका छन् । जसमा काठमाडौंका ४८ वर्षका एकजना पुरुष, ललितपुरकी ६५ वर्षकी एक महिला, बाराका २३ वर्षकी एक महिला, पर्साका ६२ वर्षका एक पुरुष रहेका छन् ।

कास्कीका ३२ वर्षकी महिला, कपिलवस्तुका ५० वर्षका एक पुरुष, रुपन्देहीकी ७० वर्षकी एक महिला र बाँकेकी ७० वर्षकी एक महिला छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्