११ अर्ब ६५ करोड रुपैयाँ सहुलियतपूर्ण ऋण स्वीकार गर्ने सरकारको निर्णय – Kanika Khabar
Tuesday, September 15Nepali News Portal

११ अर्ब ६५ करोड रुपैयाँ सहुलियतपूर्ण ऋण स्वीकार गर्ने सरकारको निर्णय

    मा प्रकाशित

कनिका खबर
भदौं ११, काठमाडौं
सरकारले कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोष इफाड बाट करिब ११ अर्ब ६५ करोड रुपैयाँ सहुलियतपूर्ण ऋण स्वीकार गर्ने प्रक्रिया अगाडि बढाउन अर्थ मन्त्रालयलाई स्वीकृति दिएको छ । भदौ ९ गतेको मन्त्रिपरिषद् बैठकले इफाडबाट लिने ऋणका लागि अर्थ मन्त्रालयलाई आवश्यक वार्ता टोली गठन गरेर सम्झौता अगाडि बढाउन स्वीकृति दिने निर्णय गरिएको बिहीबार आयोजित पत्रकार सम्मेलन मार्फत सरकारका प्रवक्ता, अर्थ एवं सञ्चार तथा सूचनाप्रविधि मन्त्री युवराज खतिवडाले जानकारी दिनुभयो ।

अर्थ मन्त्रालयको प्रस्तावमा कृषि विकासका लागि इफाडबाट सहुलियतपूर्ण ऋण लिने लागिएको मन्त्री खतिवडाले बताउनुभयो । यस्तै बैठकले विद्युतीय माध्यमबाट सञ्चालन गर्ने व्यापार इ बिजनेसको विधेयक तर्जुमा गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रस्तावमा प्रदेश र स्थानीय तहमा सशर्त वित्तीय हस्तान्तरणमार्फत पठाइएका कार्यक्रमहरूको प्राविधिक कार्य सञ्चालन प्रक्रिया तथा रिपोर्टिङ, तथ्यांकका सर्तहरू पारित गर्ने निर्णय गरिएको उहाँले बताउनुभयो ।

यस्तै सरकारले नेपाल चेम्बर अफ कमर्सको सातौं संशोधन विधान पनि स्वीकृत गरेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्