कोरोना सङ्क्रमणबाट पोखरामा एक महिलाको मृत्यु, आज २६ जनामा सङ्क्रमण पुष्टि ।। – Kanika Khabar
Friday, March 29Nepali News Portal

कोरोना सङ्क्रमणबाट पोखरामा एक महिलाको मृत्यु, आज २६ जनामा सङ्क्रमण पुष्टि ।।

    मा प्रकाशित

कनिका खबर
भदौं ११, पर्वत
गण्डकी प्रदेशको राजधानी पोखरामा एक महिलाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । कास्की जिल्ला पोखरा महानगरपालिका वडा नम्बर ११ निवासी ३२ वर्षिया एक महिलाको उपचारका क्रममा मृत्यु भएको हो । भदौ ७ गते कोरोना सङ्क्रमण पुष्टि भई भदौ ११ गतेदेखि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल कोभिड १९ विशेष कक्षमा आईसीयूमा उपचाररत ति महिलाको आज बिहान ८ बजे मृत्यु भएको अस्पतालका निर्देशक डाक्टर अर्जुन आचार्यले जानकारी दिनुभयो । यो सँगै उक्त अस्पतालमा मृत्यु हुने कोरोना सङ्क्रमितको संख्या ५ पुगेको छ ।

गण्डकी प्रदेशका ५ जिल्लामा आज २६ जना कोरोना सङ्क्रमित थपिएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार आज तनहुँमा ९ जना, बागलुङमा ८ जना, लमजुङमा ४ जना, नवलपुरमा ३ जना, कास्की र पर्वतमा १÷१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । पोखरा स्थित क्षयरोग उपचार केन्द्र र चितवन मेडिकल कलेज भरतपुरमा गरिएको स्वाव परीक्षणमा उनीहरूमा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयका निर्देशक डा. बिनोदबिन्दु शर्माले जानकारी दिनुभयो । सङ्क्रमित हुनेमा तीन जना महिला र अरू २३ जना पुरुष रहेका छन् । निर्देशक शर्माका अनुसार पर्वत जिल्ला, जलजला गाउँपालिकाका सङ्क्रमित भारतबाट आएका हुन् । बागलुङ नगरपालिका १ का सङ्क्रमित नेपाल प्रहरीमा कार्यरत छन् ।

बागलुङ नगरपालिका ८ का सङ्क्रमित भारतबाट आएका हुन् । लमजुङको बेशीसहरमा कार्यरत नेपाल आर्मीका २ जना र एकजना पालिकामा कार्यरत कर्मचारीमा सङ्क्रमण देखिएको छ । कास्कीको पोखरा महानगरपालिका १६ का ७६ वर्षिय एक वृद्ध पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा इमरजेन्सीमा भर्ना भएका बिरामी हुन् ।

आज सङ्क्रमण पुष्टि भएका सबै व्यक्ति समुदायमा गरिएको कन्ट्रयाक्ट ट्रेसिङबाट पहिचान भएका डाक्टर शर्माले बताउनुभयो । गण्डकी प्रदेशमा हालसम्म एक हजार ९ सय ७८ जनामा कोरोनाको सङ्क्रमण पुष्टि भएको छ भने निको हुनेको संख्या एक हजार ६ सय ६५ रहेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्