उदयपुरमा ८४ केजी गाँजा सहित दुई जना पक्राउ – Kanika Khabar
Sunday, March 16Nepali News Portal

उदयपुरमा ८४ केजी गाँजा सहित दुई जना पक्राउ

    मा प्रकाशित

कनिका खबर
भदौं ११, उदयपुर
उदयपुरमा प्रतिबन्धित ८४ केजी गाँजा सहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीको विशेष टोलीले हिजो जिल्लाको उदयपुरगढि गउँपालिका ७ बाट प्रतिबन्धित गाँजा सहित दुई जना कारोवारीलाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय उदयपुर र शसस्त्र प्रहरीको संयुक्त टोलीले गाँजा तस्करी हुँदै गरेको विशेष सूचनाको आधारमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख उपरिक्षक भिमबहादुर दाहालले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा उदयपुर ताप्ली गाउँपालिका १ ओख्लेका पुष्पबहादुर मगर र ताप्ली गाउँपालिका ३ इनामेका रामबहादुर तामाङ रहेका छन् । प्रहरीले नियन्त्रणमा लिएका व्यक्ति र गाँजा आज जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलन मार्फत् सार्वजनिक गरेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्