युवा सजगता अभियान प्यूठानको संयोजकमा रेग्मी – Kanika Khabar
Thursday, March 28Nepali News Portal

युवा सजगता अभियान प्यूठानको संयोजकमा रेग्मी

    मा प्रकाशित

दाङ,११ भदौ ।

युवा सजगता अभियान प्यूठानको संयोजकमा विद्यार्थी नेता रुद्रमणी रेग्मी चयन भएका छन् । नेपाल विद्यार्थी संघ प्यूठानका पूर्व जिल्ला सहसचिव समेत रहेका रेग्मी अभियानको संयोजकमा चयन गरिएको हो ।

अभियानले विभिन्न जिल्लाहरुमा आफ्नो संगठन विस्तार गर्ने क्रममा प्यूठान जिल्ला संयोजकको जिम्मेवारी विद्यार्थी नेता रेग्मीलाई प्रदान गरेको हो ।

देशभर अभियान विस्तार गर्दै युवाहरुलाई नेतृत्व तथा व्यक्तिव विकाससँगै विभिन्न सिपमुलक तालिम सिकाउने, प्रशिक्षित गर्ने काम गर्दै आएको संयोजक रेग्मीले जानकारी दिएका छन् ।

जिल्ला संयोजकको नेतृत्व पाएका रेग्मीले छिट्टै जिल्लामा संगठन विस्तार गर्ने बताएका छन् । उनले कोरोना महामारी सहज भएपछि युवाका लागि बैचारिक विकास, क्षमता तथा नेतृत्व अभिवृृद्धिका कार्यक्रमहरु चलाउने बताएका छन् । अभियानको केन्द्रीय अध्यक्ष चिन्तन पौडेल रहेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्