तुलसीपुर २ सरकारी कार्यालय र ४ वटा घर सिल गरियो – Kanika Khabar
Thursday, February 13Nepali News Portal

तुलसीपुर २ सरकारी कार्यालय र ४ वटा घर सिल गरियो

    मा प्रकाशित

कनिका खबर
भदौ १२, दाङ ।
तुलसीपु।मा २ वटा सरकारी कार्यालय र ४ वटा घर सिल गरिएको छ । तुलसीपुर क्षेत्रमा बढ्दै गएको कोरोना जोखिमलाई मध्यनजर गदै संक्रमित देखिएका चार घर र दुई वटा सरकारी कार्यालयलाई सिल गरिएको हो ।

तुलसीपुर उपमहानगरपालिकाका कोभिड १९ का फोकल पर्सन विमल केसीका अनुसार ईलाका प्रशासन कार्यालय तुलसीपुरमा कार्यरत सवारी चालकलाई कोरोना संक्रमण पुष्टि भएपछि कार्यालय सिल गरिएको छ ।

त्यस्तैगरी तुलसीपुर ११ मा रहेको उरहरी स्वास्थ्य चौकीमा कार्यरत एक जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि स्वास्थ्य चौकी पनि सिल गरिएको छ । त्यस्तैगरी उनीहरुको घर र अन्य दुई जना संक्रमितहरुको घर पनि सिल गरिएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्