आज देशभरी सामान्यदेखि भारी वर्षा हुने – Kanika Khabar
Tuesday, July 14Nepali News Portal

आज देशभरी सामान्यदेखि भारी वर्षा हुने

    मा प्रकाशित

कनिका खबर
भदौं १२, काठमाडौं
आज देशभरी सामान्य बर्षा हुने भएको छ । मौसम विज्ञान विभाग अन्र्तगत मौसम पूर्वानुमान महाशाखाले हाल देशभर सामान्य बदली दिउँसो र साँझ पानी पर्ने जानकारी दिएको छ । महाशाखाका अनुसार बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा अहिले हल्कादेखि मध्यम वषभइरहेकोछ । दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले निकालेको विज्ञप्तीमा उल्लेख छ । आज राति भने देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन, चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदुर पश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्युन चापीय रेखा नेपाल भन्दा दक्षिणतर्फ तर्फ रहेको छ । भारतको छत्तीसगढ राज्य तथा आसपासको क्षेत्रमा न्युन चापिय प्रणाली अवस्थित रहेको छ र उक्त प्रणाली विस्तारै पश्चिम९उत्तरपश्चिम दिशा तर्फ सर्दै गएको जनाएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्