तेह्रथुममा थप एक साताका लागि निषेधाज्ञा थपियो – Kanika Khabar
Sunday, July 19Nepali News Portal

तेह्रथुममा थप एक साताका लागि निषेधाज्ञा थपियो

    मा प्रकाशित

कनिका खबर
भदौं १२, तेह्रथुम
तेह्रथुम जिल्लामा भदौ १८ गतेसम्म निषेधाज्ञा थप गरिएको छ । जिल्ला प्रशासन कार्यालयले जारी निषेधाज्ञालाई एक हप्ता अर्थात् भदौ १८ गतेसम्मका लागि थप गर्ने निर्णय गरेको हो । तेह्रथुममा कोरोना सङ्क्रमणको दर बढ्दो क्रममा रहेकोले भदौ १८ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थपिएको प्रमुख जिल्ला अधिकारि विश्वराज न्यौपानेले बताउनुभयो । सो अवधिमा अति आवश्यक सेवा बाहेक अन्य सबै बन्द रहने उहाँले बताउनुभयो ।

प्रजिअ न्यौपानेका अनुसार सार्वजनिक तथा निजी सवारी पूर्ण रुपमा बन्द रहनेछन् भने अति आवश्यक उपभोग्य सामग्रीहरुको कृत्रिम अभाव, मुल्य बृद्घि, कालाबजारी गर्ने जस्ता कार्य गरेमा तथा निषेधाज्ञा उल्लघंन गरेमा कानुन बमोजिम कारबाही गरिने उहाँले जानकारी दिनुभयो । यसअघि भदौ ५ गतेदेखि ११ गते सम्म निषेधाज्ञा लागू थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्