मा प्रकाशित
कनिका खबर
भदौं १२, दाङ
भारतमा कोरोनाभाइरस सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ६१ हजार नाघेको छ । हिजो एकैदिन सङ्क्रमणबाट १ हजार ६५ जनाको मृत्यु भएसँगै त्यहाँ कोरोनाका कारण मृत्यु हुनेको संख्या ६१ हजार ६ सय ९४ पुगेको छ । हिजो मात्रै ७६ हजार ८ सय २६ जना नयाँ सङ्क्रमित भेटिएका । यससँगै कुल सङ्क्रमितको संख्या ३३ लाख ८४ हजार ५ सय ७५ पुगेको छ । हालसम्म २५ लाख ८३ हजार ६३ जना संक्रमणमुक्त भइसकेका छन । अब ७ लाख ३९ हजार ८ सय १८ जना सक्रिय संक्रमितको आइसोलेसनमा उपचार भइरहेको छ ।


