आज जिल्ला स्तरीय संकट व्यवस्थापनको बैठक – Kanika Khabar
Saturday, June 14Nepali News Portal

आज जिल्ला स्तरीय संकट व्यवस्थापनको बैठक

    मा प्रकाशित

कनिका खबर
भदौ १२, दाङ ।
पछिल्लो समय दाङमा कोरोना सक्रमण वढदै गएपछि संक्रमण नियन्त्रणका लागि आज शुक्रबार जिल्ला स्तरीय संकट व्यवस्थापन समितिकोे वैठक वस्ने भएको छ । समुदाय स्तरमा कोरोना संक्रमित भेटिएपछि जिल्लामा के गर्ने भन्ने बारेमा आज छलफलको कार्यक्रम राखिएको दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जानकारी दिए । दाङमा अहिलेसम्म ७ सय ४८ जनामा कोरोना संक्रमण देखिएकोमा ६९ जनाको विभिन्न आइसोलेसनमा उपचार भइरहेको छ भने अन्य उपचारपछि घर फर्किएका छन् । अहिले कोरोनाको विश्लेषण गरिरहेका र आज स्थानीय तहसँगको छलफलपछि कति दिन लकडाउन गर्ने या के गर्ने भन्ने वारेमा टुंगो लगाइने पनि प्रमुख जिल्ला अधिकारी रिजालले बताए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्