मंगलादेवी स्मृति प्रतिष्ठानको प्रदेश नं. ५ को संयोजकमा गिरीजा न्यौपाने – Kanika Khabar
Saturday, April 20Nepali News Portal

मंगलादेवी स्मृति प्रतिष्ठानको प्रदेश नं. ५ को संयोजकमा गिरीजा न्यौपाने

    मा प्रकाशित

कनिका खबर
भदौ १२, दाङ ।
मंगलादेवी स्मृति प्रतिष्ठानको प्रदेश नं. ५ को संयोजकमा गिरीजा न्यौपानेलाई मनोनयन गरिएको छ । नेपाली प्रजातान्त्रिक आन्दोलनकी अग्रणी तथा नेपाल महिला संघकी संस्थापक अध्यक्ष मंगलादेवी सिंहको उद्देश्यबाट अभिप्रेरित भई २०७४ सालमा स्थापना गरिएको गंगलादेवी स्मृति प्रतिष्ठानको हालसालै बसेको बैठकबाट न्यौपानेलाई प्रदेश नं. ५ को संयोजकमा मनोनयन गरेको हो । मंगलादेवी स्मृति प्रतिष्ठानले महिला अधिकारलाई संस्थागत गर्न, जनचेतना कार्यक्रम, साक्षरता तथा महिलावर्गलाई आत्मनिर्भर बनाउने विभिन्न सिपमुलक तालिमहरु सञ्चालन गर्दै आएको छ ।
न्यौपाने नेपाली काँग्रेस जिल्ला कार्यसमितिकी सदस्य , नेपाल महिला संघकी केन्द्रीय सदस्य तथा   राष्ट्रिय सभाको उपनिर्वाचनकी उम्मेदवार समेत हुन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्