मा प्रकाशित
कनिका खबर
भदौं १२, काठमाडौं
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तीन अस्पताललाई कोभिड अस्पताल बनाएको छ । काठमाडौं उपत्यकाको जनमैत्री र कान्तिपुर अस्पताललाई कोभिड अस्पतालमा सूचीकृत गरिएको हो । जनमैत्री लामो समयदेखि बन्द थियो । यस्तै वीरगञ्जको नेशनल मेडिकल कलेजको शिक्षण अस्पताललाई पनि कोभिड अस्पतालमा सूचीकृत गरिएको मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।