७१ जना पत्रकारमा कोरोना सङ्क्रमण पुष्टि – Kanika Khabar
Thursday, October 3Nepali News Portal

७१ जना पत्रकारमा कोरोना सङ्क्रमण पुष्टि

    मा प्रकाशित

कनिका खबर
भदौं १२, काठमाडौं

नेपालमा आज सम्म ७१ जना पत्रकारमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पत्रकारको छाता संस्था नेपाल पत्रकार महासंघका अनुसार सुदूरपश्चिम बाहेक बाँकी ६ प्रदेशमा पत्रकार पनि कोरोना सङ्क्रमित भएका छन् । प्रदेश १ मा १३ जना पत्रकार कोरोना सङ्क्रमित भएकामा मोरङका १२ र उदयपुरका १ जना रहेका छन् । प्रदेश २ मा २७ जना पत्रकार सङ्क्रमित भएकामा पर्साका १३, बाराका ४, धनुषाका २, सप्तरीका ३, सर्लाहीका ३, महोत्तरीका १ र रौतहटका १ जना रहेका छन् ।

बागमती प्रदेशमा ११ जना पत्रकार सङ्क्रमित भएकामा काठमाडौंका ९ र ललितपुरका २ जना रहेका छन् । यसैगरी गण्डकी प्रदेशमा कास्कीका १ र नवलपुरका ७ गरी ८ जना सङ्क्रमित भएका छन् । प्रदेश ५ मा बाँकेका २, बर्दियाका १, कपिलवस्तुका ६ र रुपन्देहीका २ गरी ११ जना सङ्क्रमित भएका छन् । कर्णालीकी दैलेख जिल्लामा १ जना पत्रकार सङ्क्रमित भएका छन् ।

पत्रकार महासंघले आज विज्ञप्ति निकालेर संक्रमणको उच्च जोखिमका बीच फिल्डमा खटिने सञ्चारकर्मीहरुको निःशुल्क पीसीआर परीक्षणको व्यवस्थाका साथै सङ्क्रमित सबै पत्रकारहरुको उपचारको उचित व्यवस्था गर्न सरकारसँग माग गरेको छ । महामारीको विषम परिस्थितिमा आफ्नो पेशागत धर्म निर्वाहका क्रममा संवेदनशील भई पूर्वसतर्कताका सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपाय अवलम्बन गर्दै स्वास्थ सुरक्षालाई उच्च प्राथमिकतामा राखेर काम गर्न महासंघले पत्रकारहरुलाई अपिल गरेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्