उदयपुरका एक पुरुषको कोरोना भाइरसका कारण मृत्यु – Kanika Khabar
Friday, March 29Nepali News Portal

उदयपुरका एक पुरुषको कोरोना भाइरसका कारण मृत्यु

    मा प्रकाशित

कनिका खबर
भदौं १२, उदयपुर
उदयपुरका एक व्यक्तिको कोरोना भाइरसबाट मृत्यु भएको छ । त्रियुगा नगरपालिका ३ मिलन चोक सार्की टोलका ५२ वर्षिय पुरुषको उपचारको क्रममा काठमाडौंमा मृत्यु भएको हो । उनी छाला रोगको उपचारको लागि भदौं ३ गते जिल्ला अस्पताल बोक्से गएका थिए । चेक जाँच गरेर उनी घर फर्किएका थिए । भदौ ४ गते उनले त्रियुगा नगरपालिका–३ स्थित राजेश हेल्थकेयर सेन्टर प्रालि मोतिगडामा रगत परीक्षण गराएको र ६ गते १०० डिग्री भन्दा बढी ज्वरो आएपछि दिउँसो ३ बजे त्यही भर्ना भएका थिए ।

भर्ना भएपनि रक्तचाप नघटेको, ज्वरो आउने क्रम नरोकिएपछि भदौं ८ गते साँझ एम्बुलेन्समार्फत थप उपचारको लागि उनलाई काठमाडौं लगिएको थियो । उनलाई निमोनियाको समस्या रहेको परिवारका सदस्यले बताएका छन् । पारिवारिक स्रोतका अनुसार मृतकको ७५ प्रतिशत कलेजो बिग्रीएको भएको थियो भने फोक्सोमा समस्या देखिएको थियो । उनको भदौं ९ गते राति साढे एक बजे उपचारको क्रममा त्रिवि शिक्षण अस्पताल महराजगञ्जमा मृत्यु भएको हो ।

मृतकको कोरोना रिपोर्ट पोजिटिभ बारे फोनमार्फत जानकारी आएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले जानकारी दिनुभयो । काठमाडौं जानुअघि मोतिगडास्थित राजेश मेडिकल हेल्थ केयर सेन्टर प्रा.लि.मा तीनदिन उपचारका लागि राखिएकाले उक्त स्वास्थ्य संस्था पनि बन्द गरिएको छ । त्यहाँबाट प्रवाह हुने सम्पूर्ण सेवाहरु बन्द गरिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्